
Rtn. Prakash Poudel

Rtn. Prakash Poudel
रोट्याक्ट संयोजकको दुई शब्द सर्वप्रथम रोटरी वर्ष २०२३/२४ का अध्यक्ष रोट् विनोद श्रेष्ठ लगायत सम्पूर्ण टिमलाई आफ्नो कार्यकाल सफलतापूर्वक पुरा गर्नुभएकोमा यहाँहरूको उच्च मूल्याङ्कन गर्दै बधाइ तथा धन्यवाद दिन चाहन्छु । त्यस्तै गरी वर्ष २०२४/२५ का अध्यक्ष रोट् राजिव घिमिरे लगायत सम्पूर्ण टिमलाई सफल कार्यकालको लागि बधाइ तथा शुभकामना दिन चाहन्छु । "स्वार्थभन्दा माथि सेवा मूलमन्त्र सहित समाज सेवामा समर्पित रोटरी क्लब अफ नारायणी मिड टाउनको भातृ संस्था रोटऱ्याक्ट क्लब अफ नारायणी मिट टाउनले आफूले समाजमा, समुदायमा गरेका विभिन्न क्रियाकलाप र गतिविधि सङ्ग्रहित गन्तव्य The Destination प्रकाशन गर्न लागेको र मेरो तर्फबाट पनि दुई शब्द शुभकामना मन्तव्य राख्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु । रोटरी वर्ष २०२४/२५ मा रोटऱ्याक्ट संयोजक भएर यहाँहरूसँग अझ बढी नजिक रहेर काम गर्ने र यहाँहरूको भावना बुझ्ने अवसर प्राप्त गरेको छु । RI District ले अगाडि सारेका 'Goal' र वर्ष २०२४/२५ को 'Theme' हरूलाई मध्यनजर राख्दै आफ्नो Plan and Action लाई पनि सहजताका साथ पूरा गर्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु । रोटऱ्याक्ट संसारमा पछिल्लो समय Rotaract Club of Narayani Mid Town ले एउटा अलग्गै छवि बनाउन सफल भएको छ । सोही विरासतलाई अझ परिष्कृत ढंगले अगाडि बढाउन वर्ष २०२४/२५ का अध्यक्ष रोट् राजिव घिमिरे लगायत सम्पूर्ण टिमलाई आफ्नो कार्यकाल अर्थपूर्ण र परिणाममुखी रहोस् भन्ने पुनः शुभकामना दिन चाहन्छु । साथै म Rotaract Chair भएको नाताले यहाँहरूको Plan and Action र यहाँहरूको अभियानमा हर हमेशा साथमा रहनेछु, Rotary र Rotaract ले समाजमा गर्ने हरेक राम्रो काममा म एउटा पुलको काम गर्नेछु। यहाँहरूको जोश, जाँगर र Technology अनि Rotarian हरूको अनुभव, दक्षता र धैर्यतालाई समायोजन गरेर अगाडि बढ्यौं भने अवश्य पनि हाम्रो गन्तव्यमा पुग्ने छौं। जय रोटरी। जय रोटऱ्याक्ट ।
रो. प्रकास पौडेल