Rtn. Bishnu Poudel

रोटरी क्लव अफ मिड टाउन अन्र्तगत रही विगत लामो समय देखी समाजमा केही नयाँ परिवर्तन गर्ने उद्देश्यले गठन भएको रोटऱ्याक्ट क्लब अफ नारायणी मिड टाउनले वर्ष २०२४/२०२५ सम्म आइपुग्दा धेरै उत्कृष्ट कार्य गरेको पाएको छु । धेरै आरोह अवरोह पार गर्दै बर्ष २०२३/२०२४ सम्ममा रोटऱ्याक्ट क्लव अफ नारायणी मिड टाउनले समाजमा देखिने किसिमका धेरै सामाजिक कार्य गरेका छन । यसरी नै स्वार्थ भन्दा माथि सेवा भन्ने भावनाले उत्प्रेरित हुदै आगामी बर्षमा पनि रोटऱ्याक्ट भाइ बहिनीहरू अगाडि बढ्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
विशेष गरी बर्ष २०२३/२०२४ मा समाजमा सन्देश मुलक कार्य गर्न सफल हुनु हुने तत्कालिन रोटऱ्याक्ट अध्यक्ष रोट् विनोद श्रेष्ठ लगायत उहाँको सम्पुर्ण टिमलाई कार्यकाल सफलता पुर्वक सम्पन्न गर्नु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु । साथै बर्ष २०२४/२०२५ मा रोटऱ्याक्ट क्लव अफ नारायणी मिड टाउन को नेतृत्व सम्हाल्नुहुने अध्यक्ष रोट् राजिव घिमिरे लगायत उहाँको सम्पूर्ण टिमलाई कार्यकाल सफलताको अग्रिम शुभकामना दिन चाहान्छु ।
विगतको बर्षहरू मा जस्तै यस बर्ष पनि समाजमा निःस्वार्थ भावले आफ्‌नो स्वार्थ भन्दा माथि उठेर सेवा गर्न यहाँहरू लाग्नु हुनेछ भन्ने विश्वास लिएको छु । रोटऱ्याक्टमा आवद्ध भाइ, बहिनीहरू पक्कै पनि मनका धनीहरू हुनुहुन्छ र कर्ममा विश्वास गर्नु हुन्छ । तपाइहरू युवाहरूको एउटा सिर्जनशिल जमात पनि हो । अवसर मिल्यो भने जस्तो सुकै चुनौती पनि पार गर्ने हिम्मत वोकेर हिड्नु हुने तपाई तरूणहरू पक्कै पनि कसैलाई पनि व्यत्तिगत असर नपुग्ने गरी समाजमा शिर्जनसिल कार्य गर्न अग्रसर हुनु हुनेछ । खासगरी Rotary District 3292 नेपालले अघि सारेको Rotary Nepal Literacy Mission अन्तर्गत सन् २०३० सममा नेपालमा पुर्ण साक्षार गराउने लक्षमा रोटऱ्याक्ट क्लब अफ नारायणी मिड टाउनको पनि उल्लेखनिय भुमिका सहित सहकार्यको अपेक्षा गरेको छु ।
अन्त्यमा : रोटऱ्याक्ट क्लव अफ नारायणी मिड टाउनको वर्ष २०२४/२०२५ का कुशल नेतृत्व सम्हाल्ने मौका पाएका रोटऱ्याक्ट अध्यक्ष राजिव घिमिरे लगायत सम्पुर्ण टिमलाई बधाई एवम् शुभकामना दिदै विगत बर्षमा जस्तै यस वर्ष पनि यस सस्था ले यहाँको नेतृत्वमा सामानिक उत्तर दायित्व वहन गर्दै समाज परिवर्तनमा एउटा छलाङ्ग मार्ने विश्वास लिएको छु । साथै रोटरी र रोटऱ्याक्ट को विचमा एउटा पुलको भूमिका निर्वाह गर्न रोटरी क्लब अफ नारायणी मिड टाउनको तर्फबाट रो. प्रकास पौडेल ज्यूलाई Rotract Coordinator बनाएको जानकारी गराउदै विगतका बर्षमा जस्तै यस बर्ष पनि रोटरीको तर्फबाट साथ र सहयोग रहि रहने प्रतिवद्धता व्यक्त गर्दछु ।


रो. विष्णु पौडेल
अध्यक्ष
रोटरी क्लव अफ नारायणी मिड टाउन

Go Back Top